+
+

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते ८:३३

२० असार, जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिए ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?