News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि र सामाजिक सद्भावमा देखिएको चुनौतीबारे सरकारको ध्यानाकर्षण गराउनुभयो।
- सांसद श्रेष्ठले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्सासहित दश आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो।
- सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्दै उनले हिंसाका घटनालाई जात वा धर्मको चस्माले हेर्न नहुने बताउनुभयो।
१८ साउन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि र सामाजिक सद्भावमा आउन सक्ने चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सहिष्णुता र विधिको शासन कायम हुनुपर्ने बताएका हुन् ।
सम्बोधनको प्रारम्भमा सांसद श्रेष्ठले गत साउन १४ गते पाकिस्तानको काराकोरम श्रृङ्खलामा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र गोरखाका पूर्णबहादुर गुरुङसहित १० जना आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
उनले केही दिनअघि सुनसरी र सिराहामा भएका झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
सांसद श्रेष्ठले कुनैपनि नेपालीको मृत्यु परिवारको मात्र नभई राष्ट्रकै पीडा भएको उल्लेख गर्दै हिंसामा ज्यान गुमाउने व्यक्तिलाई जात, धर्म वा समुदायको चस्माले हेर्न नहुने बताए ।
‘नेपाल गौतम बुद्धको भूमि हो, जहाँ करुणा र सहअस्तित्वको सन्देश दिइएको छ। तर आज हामी शान्तिका लागि छटपटाइरहेका छौँ । के राज्यले सम्भावित तनावको समयमै आकलन गर्न सक्यो ?,’ उनले भने, ‘के सुरक्षा निकायबीच आवश्यक समन्वय भयो ? स्थानीय प्रशासनले रोकथामका उपायहरू पर्याप्त रूपमा अपनायो कि अपनाएन ?’
पछिल्लो समय सामाजिक सञ्जालमा सम्प्रेषण हुने गलत सूचना र केही गैरजिम्मेवार व्यक्तिका कारण दशकौँदेखिको सामाजिक विश्वास धर्मराएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया 4