
२० असार, काठमाडौं । आगामी २३ गतेदेखि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले निष्काशन गर्न लागेको आरबीबी म्युचुअल फण्ड १ को निष्काशन खुला हुने भएको छ । आरबीबी म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको योजना आरबीबी म्युचुअल फण्ड १ हो ।
यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ ।
कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ (तेह्र) प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ ।
१ | योजनाको नाम | आरबीबी म्युचुअल फण्ड १ |
२ | योजनाको आकार | १ अर्ब रूपैयाँ |
३ | योजनाको प्रकार | बन्दमुखी |
४ | निष्काशन गर्न लागिएको इकाई संख्या | १० करोड इकाई |
५ | प्रति इकाई मूल्य | १० रुपैंया |
६ | न्यूनतम बिक्री हुनुपर्ने इकाई संख्या | ५ करोड इकाई |
७ | अधिकतम सकारिने इकाई संख्या | १२ करोड ५० लाख इकाई |
८ | योजनाको अवधि | ७ बर्ष |
९ | योजना परिपक्व हुने मिति | योजना इकाई बांडफांड भएको मितिले ७ बर्ष |
१० | इकाई बिक्री खुल्ला हुने मिति | २०७८।०३।२३ |
११ | इकाई बिक्री बन्द हुने मिति (छिटोमा) | २०७८।०३।२७ |
१२ | इकाई बिक्री केन्द्रहरु | नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरु । |
११ | आवेदकले खरिद गर्नुपर्ने न्यूनतम इकाई संख्या | १०० (एक सय) |
१४ | आवेदकले खरिद गर्न सक्ने अधिकतम | १ करोड |
१५ | इकाई संख्या | इकाईहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत गरी कारोवारको व्यवस्था गरिने । |
१६ | सूचिकरण तथा दोस्रो बजार कारोवार | कोष प्रवद्र्घकको रेटिङ्ग कम्पनी ः केयर रेटिङ्ग नेपाल लिमिटेड ।
कोष प्रवद्र्घकको रेटिङ्ग CARE-NP-A+ (Is) योजना व्यवस्थापकको रेटिङ्ग कम्पनी ः इक्रा नेपाल लिमिटेड । योजना व्यवस्थापकको रेटिङ्ग M [ICRANP] AMC Quality 3 (AMC3) |
१७ | व्यवस्था |
|
योजनाको उद्देश्य
इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गरिएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार योजनाको खुद सम्पत्ति मूल्यको सीमाभित्र रही सामूहिक लगानी कोष निर्देशिकामा तोकिए बमोजिम सार्वजनिक निष्काशन गरिएका धितोपत्रको प्रत्याभूति (अन्डरराईट) गर्ने साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने उद्देश्य रहेको छ ।
म्युचुअल फण्डका आवद्ध कोष सुपरिवेक्षक
१. प्रा.डा.डिल्ली राज शर्मा, भगवती–५, अर्घाखाँची, विद्यावारिधि (व्यवस्थापन), विभिन्न शैक्षिक संस्थाहरुमा २५ वर्षको शिक्षण तथा प्रशासनिक क्षेत्रको अनुभव ।
२. सिए प्रकाश जंग थापा, गोरखा–३, गोरखा, चाटर्ड एकाउन्टेन्ट, २७ वर्षको लेखा व्यवसायमा तथा परामर्श सेवाको अनुभव ।
३. डा.खोम राज खरेल, मुसिकोट–५, गुल्मी, विद्यावारिधि (अर्थशास्त्र), विभिन्न शैक्षिक संस्थाहरुमा २१ वर्षको शिक्षण तथा प्रशासनिक क्षेत्रको अनुभव ।
४. दुर्गा राज रेग्मी, थापाठाना–६, पर्वत, स्नातकोत्तर (एम.पि.ए), बंैकिङ्ग तथा बीमा क्षेत्रमा ३१ वर्षको अनुभव ।
५. सानु राज पोखरेल, माहारानी झोडा– ३, झापा, स्नातकोत्तर (एम.ए.–राजनीति शास्त्र, एल.एल.एम.), २७ वर्षको कानुन व्यवसायको अनुभव ।
कम्पनीको छनौट रणनीति
आरबीबी मर्चेन्ट बैंकिङ्गले कम्पनीको छनौट गर्ने क्रममा विभिन्न कम्पनिहरुको आधारभूत तथा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरि विभिन्न कम्पनीहरुको वर्गिकरण गर्दछ । यसरि वर्गिकरण गरे पश्चात विभिन्न कम्पनीहरुलाई तयार गरेको कम्पनी ग्रेड्रि पोलिसीको आधारमा , उक्त कम्पनीको सेयरहरुमा लगानी गरिन्छ ।
योजनाको कम्पनी छनौट गर्ने रणनीतिले विशेष गरि कम्पनीको वित्तिय अवस्था, कम्पनीको व्यवस्थापन, व्यवसायको प्रकृति तथा संस्थागत सुशासनलाई विशेष महत्व दिन्छ ।
सेयर बजारमा जोखिम तथा अवसरहरु दुबै छन् । बजारमा विभिन्न किसिमका अनिश्चितता पनि निहित रहन्छन र यस्ता जोखिम तथा अनिश्चितताको कारणले विभिन्न समयमा बजारमा उत्पन्न हुने उतार चढावले लगानीकर्ताहरुलाई उद्देश्य अनुरुपको प्रतिफल प्राप्त गर्न समस्या भएको हुन सक्छ, यस्तो परिस्थितिलाई सहज रुपमा समाधान गर्न आरबीबी म्युचुअल फण्ड १ उत्तम विकल्प हो ।
साथै अनुभवि कोष सुपरिवेक्षकहरुको निगरानीमा सञ्चालन हुने यस योजनाले बलियो वित्तिय अवस्था भएका, नियमित प्रतिफल दिने र बजारको उतार चढावले कम असर गर्ने कम्पनीहरुमा लगानी गर्दछ । साथै यस योजनाले वार्षिक २२.८७ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको अवस्थामा आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्नुहोस ।
आवेदन दिने प्रक्रिया
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ ।
मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेराे सेयर डट सीडीएसी डटकमडट एनपी मा गई आवेदन दिन सक्नु हुनेछ ।
प्रतिक्रिया 4