Comments Add Comment

एमाले कार्यदलमा विषय केन्द्रित छलफल शुरु

२२ असार, काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलले विवादका विषयमाथि छलफल शुरु गरेको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित भएर छलफल भइरहेको एक नेताले जानकारी दिए ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ ।

माधवकुमार नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्थ अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका छन् ।

पार्टीभित्र विवाद बढेपछि निष्क्रिय बनेको कार्यदलको बैठक सोमबारदेखि शुरु भएको छ । सोमबार विगतको समीक्षा गरेर सकिएको छलफलमा मंगलबारदेखि विषयमा केन्द्रित भई छलफल भएको एक नेताले जानकारी दिए ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment