+
+
Shares

फिल्मी लाइनअपमा अनमोलको अन्याेल, ‘एक्स ९’ मा सम्भावना कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १३:२२

शनिबार निर्देशक मुकुन्द भट्टले सामाजिक संजालमा नायक अनमोल केसीसँगको एक तस्वीर पोष्ट गरे । केही समयदेखि अनमोल र मुकुन्द एक अर्कासँग कुराकानी गरिरहेका छन् । यो कुराकानी, मुकुन्दले निर्देशन गर्न लागेको मल्टिस्टारर चलचित्र ‘एक्स ९’को लागि हो ।

अनमोलले यो चलचित्रमा काम गर्छन् या गर्दैनन्, अझै पक्का छैन । मुकुन्दले भने अनमोलसँग साउनमा चलचित्रका लागि लिखित संझौता हुने बताएका छन् । महँगो बजेटमा बन्न लागेको यो चलचित्र मुकुन्दका लागि एउटा सपना हो ।

नायक अनमोल केसीको करिअरमा चलचित्रलाई लिएर अन्याेल देखिएको छ । किनकि, उनका चलचित्रहरु जसरी घोषणा भैरहेका छन् त्यसरी निर्माण भएका छैनन् । ‘ब्याचलर बन्टी र धुपौरे’ साइन गरेर छाडेका थिए उनले ।

घरकै चलचित्र ‘एन्टी हिरो, पारस र माइतीघर २’ मा काम गर्ने पक्का भएको थियो । तर, अहिले यी तिनै चलचित्र बन्ने वा नबन्ने पक्का छैन । यसैले पनि अनमोल केसीको हातमा ‘ए मेरो हजुर ४’ पछि अर्को चलचित्र छैन ।

चलचित्र ‘एक्स ९’लाई नेपालसँगै यूरोपका विभिन्न देशमा छायांकन गर्ने मुकुन्दको तयारी छ । ठूलो क्यानभासमा एक्सन केन्द्रित चलचित्र बनाउने तयारीमा रहेका मुकुन्द अनमोललाई शीर्ष भूमिकामा राखेर काम गर्न चाहन्छन् ।

‘एक्स ९’को विषयमा अनमोल सकारात्मक छन् । अनमोलले अनलाइनखबरसँग भने–‘चलचित्रको विषयमा हामी लगातार कुराकानी गरिरहेका छौं । चलचित्रको कथा मलाई निकै मन परेको छ । लिखित संझौता भैसकेको छैन । तर, यो चलचित्रमा काम गर्ने विषयमा म सकारात्मक छु ।’

यो चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, पुष्प खड्का, राज कटुवाल, अर्पण थापा, नविन लम्साल, फजिल अहमदको साथमा नयाँ कलाकार प्रियंका थापाको मुख्य भूमिका रहने निर्देशक भट्टले जानकारी दिए । चलचित्रमा बलिउडका नायक सुनिल सेट्टीलाई खल–पात्रको भूमिकामा देखाउने तयारीमा मुकुन्द छन् । यसका लागि नेपालको सम्पूर्ण काम सकेर मुम्बई जाने र सुनिलसँग लिखित संझौता गर्ने तयारी उनको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?