
२७ असार, अर्घाखाँची । प्रहरीले घरमा आगो लगाइ ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका-३का ३९ वर्षीय रबि भन्ने तुल बहादुर बन्जाडे रहेका छन् ।
बन्जाडेलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते आगो लगाइ ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष १० महिना २८ दिन कैद सुनाएको थियो ।
भरतपुर महानगरपालिका वडा-११ अमन चोकमा लुकीछिपी बस्दै आएका अवस्थामा उनलाई पक्राउ गरी जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4