२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाबाट प्रतिगमन परास्त भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि नेता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका हुन् । ट्वीटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोमबार सर्वोच्च अदालतले त्यसलाई बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4