२८ असार, काठमाडौं । नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि भएको छनोटमा पहिलो भएका छन् ।
नेपाल बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।
युथको पुरुष ५४ केजीमा बोसीगाँसका सुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा रामेछापका सुमन श्रेष्ठले सुनसरीका संगम राईलाई फाइनलमा हराए । युथकै महिला ४८ केजी फाइनलमा नक्सालकी तेजीमाया गुरुङले ललितपुरकी उमा श्रेष्ठलाई पन्छाइन् ।
युथको पुरुष ६० केजी सेमिफाइनलमा कास्कीका निश्चल गुरुङले झापाका समिर गुरुङलाई पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
प्रतिक्रिया 4