+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिको दम्भको पराकाष्ठा : गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते २०:१७

२९ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिको दम्भको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री नियुक्तिको पत्र सच्याउन नमान्नु राष्ट्रपतिको दम्भ भएको बताए । ‘दम्भी प्रम ओलीको अवशान भयो, तर राष्ट्रपति विद्या भण्डारीले दम्भ देखाउँदैछन्,’ कांग्रेस नेता गुरुङले ट्विटरमा लेखेका छन्, ‘संविधानको धारा उल्लेख नगरी माननीय शेरबहादुर देउवालाई प्रम नियुक्ति गर्नु राष्ट्रपति भण्डारीको दम्भको पराकाष्ठा हो।’

राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गरेको भन्दै देउवाले शपथ लिन अस्वीकार गरेका छन् । साँझ ६ बजेका लागि तय भएको शपथ सुरु हुन सकेको छैन ।

कांग्रेस नेता गुरुङले संविधानको धारा नचिन्ने राष्ट्रपतिलाई स्वीकार गर्नुपर्ने बाध्यता भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘संविधानको धारा नचिन्ने विद्या भण्डारीलाई अझै पनि राष्ट्रपति मान्नुपर्ने दुर्भाग्य ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?