+
+
Shares

एमालेमा दोस्रो तहका नेताहरु फेरि सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १८:१४

३१ असार, काठमाडौं । पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर मात्र आए पार्टीमा स्थान दिने बताएका छन् ।

ओलीले शुक्रबार संसदीय दलको बैठक समेत बोलाएका छन् ।

सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले बिहीबार अनौपचारिक छलफल गरेका छन् । एमाले सचिव गोकर्ण विष्ट भन्छन्, ‘कार्यदलले गरेको दश बुँदेमा टेकेर एकता जोगाउन अरु नेताहरुबीच पनि सम्वादमा चलिरहेको छ ।’

शुक्रबार बोलाइएको संसदीय दलको बैठक रोक्नुपर्नेमा दुबै पक्षका दोस्रो तहका नेताहरुका साझा मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?