+
+

सेयर बजारमा पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १२:५८

१ साउन, काठमाडौं । सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज शुक्रबारबाट कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको व्यवस्थाअनुसार अब दुई खाले लगानीकर्तालाई फरक-फरक पुँजीगत लाभकर लाग्ने छ ।

आइतबारदेखिको सेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्ने छ ।

बजेटले एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन र एक वर्षभन्दा धेरै अवधिको लागि सेयर राखेर बिक्री गर्नेलाई दिर्घकालीन लगानीकर्ता मानेको छ ।
नयाँ पुँजीगत लागकर गणना प्रणाली आइतबारको कारोबारबाट कार्यान्वयनमा आउने सिडिएससी एण्ड क्लेयरिङ हाउसले जनाएको छ ।

जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरिएको ७८/७९ को बजेटमा पूँजीगत लाभकरको नयाँ व्यवस्था गरिएको थियो । यसअघि सबै लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?