Comments Add Comment

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

सन् २०२० सुरु भएयता संसारभरका मानिसहरु कोरोना भाइरस संक्रमणबाट बँच्नको लागि मास्क लगाइरहेका छन् । यस हिसाबले संसारमा दिनहुँ करोडौँको संख्यामा मास्क प्रयोग हुन्छन् र प्रयोग भैसकेका मास्क फोहोरमा फ्याँकिन्छन् । तर बेलायतका एक फेसन डिजाइनर टम सिल्भरउडले भने त्यसरी प्रयोग गरेर फ्याँकिएका मास्कबाटै निकै सुन्दर बेहुली पहिरन तयार पारेका छन् ।

सोसल मिडिया साइट इन्स्टाग्राममा एक मोडेलको तस्वीरहरु भाइरल बनिरहेका छन् । ती मोडेलले बेहुली ड्रेस लगाएकी छिन् । सेतो रङको वेडिङ गाउनमा उनी निकै सुन्दर देखिन्छिन् । पहिरन निकै नै बहुमूल्य र उत्कृष्ट देखिन्छ । तर यदि जुम गरेर राम्रोसँग हेर्नेहो भने उक्त पहिरन मास्कलाई जोडजाड गरेर बनाइएको थाहा हुन्छ ।

डिजाइनर टम सिल्भरउडका अनुसार उक्त पहिरन तयार गर्नका लागि १५ सय वटा मास्कको प्रयोग भएको छ ।

जुलाई १९ मा बेलायतको पि|mडम डेको अवसरमा उक्त बेहुली पहिरन उनले सार्वजनिक गरेका थिए । मोडेल जेमिमा हेम्ब्रोले लण्डनस्थित सेन्ट पल क्याथेड्रलमा उक्त पहिरनसहित फोटोशूट गरेकी हुन् ।

टम सिल्भरउडको उक्त पहिरनलाई विवाह सम्बन्धी योजना तयार गरिदिने वेबसाइट Hitched ले लगानी गरेको छ । बेलायतमा लकडाउन सम्बन्धी बन्देजहरुलाई केही खुकुलो बनाइएको छ । त्यस्तोमा विवाहको रौनक पनि आउनेवाला छ । त्यसैले यो मास्कको बेहुली पहिरन निकै लोकप्रिय हुने देखिन्छ।

सोसल मिडियामा यो पहिरनको निकै तारिफ भैरहेको छ । मानिसहरुले फोहोरमा फ्याँकिने मास्कको यस्तो गज्जबको उपयोगलाई निकै मन पराएको देखिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment