Comments Add Comment

अनमोल र हेमराजबीच चौथो पटक होला त सहकार्य ?

नायक अनमोल केसीका मनपर्ने निर्देशक हुन् हेमराज वीसी । अनमोल पनि हेमराजका पहिलो रोजाइका नायक हुन् । हेमराज र अनमोलले एउटै चलचित्रबाट यो क्षेत्रमा डेब्यू गरेका थिए । हेमराजले निर्देशन गरेको डेब्यू चलचित्र ‘होस्टेल’बाट अनमोलले पनि अभिनयमा डेब्यू गरेका थिए । यसपछि, यी दुइले ‘जेरी र गाजलु’मा सहकार्य गरे । तिनैवटा चलचित्र हिट पनि भयो । अनमोल र हेमराज दुबै जना यो क्षेत्रमा स्थापित पनि भए ।

यसपछि भने हेमराज र अनमोलको सहकार्य हुन सकेको छैन । अनमोल र हेमराजविच सम्बन्धमा चिसोपना आएको भन्ने खालका चर्चा पनि चलचित्र बजारमा चल्ने गरेको थियो । अनमोलविना हेमराजले बनाएका सबै चलचित्र सुपरफ्लप छन् । ‘सम्बोधन, ग्याङस्टार ब्लूज, ब्रेकअप, घाँमड शेरे’ लगायतका चलचित्र हेमराजको निर्देशनमा असफल भए ।

उसो त अनमोल र हेमराजविच फेरि सहकार्य हुने कुराहरु पनि बजारमा नचलेका होइनन् । तर, ‘ए मेरो हजुर’को तेश्रो र चौथो सिरिजमा व्यस्त बनेका अनमोल आफ्नै होम प्रोडक्शनको चलचित्रमा पनि रमाइरहेका थिए ।

अब, भने अनमोल र हेमराजको सहकार्य हुने संभावना बढेको छ । हेमराजले अनमोललाई एउटा लभ स्टोरी चलचित्रका लागि अफर गरेका छन् । यो चलचित्रलाई लिएर अनमोल सकारात्मक रहेको वुझिएको छ ।

अनमोल लभ स्टोरी चलचित्रमा बढी फिट देखिन्छन् । उनको पहिलो रोजाइमा पनि लभ स्टोरी चलचित्र नै पर्ने गरेका छन् । हेमराजको कथा मन पराएका अनमोलले लिखित संझौता भने गरेका छैनन् । तर, आफ्ना प्रिय निर्देशकको कथामा अनमोल सन्तुष्ट छन् ।

यस्तो अवस्थामा, अनमोल र हेमराजको सहकार्य हुने संभावना बढेको छ । उसो त, लिखित संझौता गरेर पनि अनमोलले केही चलचित्र छाडिदिएको विगत छ । यसैले, अनमोलले चलचित्रका लागि लिखित संझौता नगरेसम्म
हेमराजसँग उनको सहकार्य हुन्छ भनेर भन्न सकिने अवस्था छैन । अनमोल ‘एक्स ९’ चलचित्रका लागि पनि मनस्थिती बनाइरहेका छन् । साथै, उनलाई रोहित अधिकारीले पनि चलचित्रका लागि अफर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment