Comments Add Comment

अनलाइन शिक्षा प्रणाली : निमाले शुरु गरेको त्यो अभियान

७ साउन, काठमाडौं । अहिले गाउँ होस् या सहर सबै क्षेत्रका धेरै विद्यार्थीमा अनलाईन शिक्षा प्रणाली अनिवार्य गरिएको छ । भौतिक उपस्थिति मै अध्ययन अध्यापनमा रमाउने शिक्षक विद्यार्थी कोरोना महामारीका कारण अनलाइन सिकाई प्रणालीमा आवद्ध भएका हुन् ।

अनलाईन शिक्षा प्रणालीबारे सरकारी वा निजी सबै विद्यालयमा एक किसिमको चेतना पुगिसकेको छ । विद्युत तथा इन्टरनेटको समस्या झेलिरहेका दुरदराजका विद्यालयमा बाहेक सबै विद्यालयमा अनलाईनबाटै कसरी पढ्न सकिन्छ भन्ने चेतना पुगिसकेको छ  ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछि देशभर लकडाउन भयो । लकडाउनपछि बाध्यकारी बनेका कारण ई-शिक्षा बिस्तारमा ठूलो फड्को मार्‍यो । तर कोभिड महामारी र लकडाउनभन्दा अगाड भने अनलाईन शिक्षा प्रणालीबारे बुझाउनु फलामे चिउरा चपाउनु बराबर थियो । ढिलोचाडो परम्परागत शिक्षा प्रणालीको विकल्प खोज्नै पर्ने थियो ।

निमा एकेडेमीले सन् २०१८ मा नै डिजिटल सिकाई प्रणाली -ई-लर्निङ)को सुरुवात गरेको थियो । तर प्रारम्भमा निमालाईर् ई-लर्निङबारे बुझाउन निकै गाह्रो पर्यो । परम्परागत शिक्षा प्रणालीमा रमाई रहेका विद्यालयका शिक्षकले ई-लर्निङबारे बुझ्नै चाहेनन् ।

निमाले इ-लर्निङलाईर् व्यापक बनाउन विभिन्न ठाउँका विद्यालयसम्म चेतनामुलक कार्यक्रम समेत गरेको थियो । विद्यार्थीले त बुझ्ने कुरै भएन । उनीहरुमा ई-लर्निङ बारे अनुभव थिएन । तर, शिक्षकले पनि ई-लर्निङबारे चासो राखेनन् । अनलाईन भनेको पीडीएफमा पढ्ने हो भन्ने एक किसिमको बुझाई त्यसबेला पाएको निमा एकेडेमीकी प्रमुख प्रशासकीय अधिकृत नेहा जोशी बताउँछिन् ।

निमा पब्लिकेशनका पुस्तक धेरै विद्यार्थीमा परिचित छन् । सोहीकारण कतिपय शिक्षकले तपाईहरुको किताबको पीडीएफ दिनुस् न भनेर माग्ने गरेको समेत जोशीको अनुभव छ ।

वास्तवमा निमा पुस्तक र निमा एकेडेमी फरक थियो । ‘पुस्तकको पीडीएफ भए त्यो नै अनलाईन हो भन्ने बुझाई धेरै टिचरहरुको थियो, तर हामीले त्यो निमा एकेडेमी कस्तो प्लाटर्फम हो भन्ने कुरा बुझाइ रहृयौ’ नेहा भन्छिन् ।

सुनसरीको इटहरीदेखि सिन्धुपाल्चोकका विभिन्न स्कूलमा पुगेर निमाले ई-लर्निङबारे बुझायो । केहीले बुझे । तर, जो परम्परागत सिकाई प्रणालीमा रमाउन चाहान्थे, उनीहरुले बुझ्न चाहेनन् ।

तर कोभिड पछि भने अवस्था फरक रहृयो । धेरैले अनलाइन शिक्षाबारे बुझे । कोरोना महामारीका कारण लकडाउन भयो ।

लकडाउनले घरबाहिर निस्कन नमिलेपछि घरभित्रै बसेर पढ्नु पर्ने भयो । यसका लागि ई-लर्निङ एउटा निर्विकल्प प्लाटर्फम बन्न पुग्यो ।

‘हामीले जुन कुरा बुझाउन, सिकाउन धेरै वर्ष खर्चनु पर्ने थियो। त्यो कोभिडले निकै चाडो गरिदियो’ उनी भन्छिन्, ‘कोभिडले ई-लर्निङमा सकारात्मक प्रभाव पारेको छ ।’ तर शिक्षाको गुणस्तर सुधारमा भने अझै मिहेनत गर्नुपर्ने उनको भनाई छ ।

१५ वर्ष अघि र अहिले पनि शिक्षाको गुणस्तर एउटै रहेको नेहा बताउँछिन् । यसमा केन्दि्रत गरि उपयोगी सामग्री निमाले उपलब्ध गराउँछ ।

पढ्दा वा सिक्दा रमाइलो हुने सामग्री उपलब्ध रहेको उनले बताइन् । निमा एकेडेमीमा कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्ष पनि राख्ने तयारी गरिएको छ ।

सबै विद्यार्थी एउटै विषयमा रुची राख्दैनन् । फरक विद्यार्थीको फरक रुची हुन्छ । कसैको फोटोग्राफीमा रुची हुन्छ त कसैको गायनमा । पाठ्यक्रम अनुसारका कोर्षबाहेक अन्य कोर्ष पनि ल्याउने निमाको तयारी छ । विद्यार्थीलाई कोर्षमा मात्रै सिमित नराखेर उनीहरुको चासोको विषयलाई सिकाउने गरि कोर्ष विकास गरिँदैछ ।

यदी कुनै पनि विद्यालयले निमा एकेडेमीको सुविधा लिएमा त्यसबाट शिक्षकले लाइभ कक्षा सञ्चालन गर्न, लाइभ टेष्ट लिन, विद्यार्थीको प्रगति थाहा पाउन सकिने छ । यसबाट शिक्षकले असाइनमेन्ट दिन मिल्ने छ ।

एपमा टेष्टको समेत सुविधा रहेको छ । निमा एकेडेमीमा निःशुल्क कोर्षसमेत उपलब्ध छन् । निमा एकेडेमीमा अकाउन्ट बनाएर यो निःशुल्क सुविधा लिन सकिने भएको छ ।

निमाले यो अभियानमा केही नयाँ पनि गर्न खोजिरहेको छ । ‘विद्यार्थीहरुको रुची र शिक्षणलाई सँगै जोड्ने गरी काम गर्ने पनि हामी तयारीमा छौं, यो १० कक्षा भन्दा मुनिका लागि मात्रै नभएर प्लस टूका लागि पनि हुनेछ’ उनले भनिन् । अहिले विद्यालय तहका लागि पढ्नमात्रै होइन, पढाउन समेत उपयोगी हुने भएका छन् ।

निमा एकेडेमीको मोबाइल एपबाट बीना इन्टरनेट समेत पढ्न सकिने छ । विद्यार्थीले निमा एकेडेमीमा भएका शैक्षिक सामग्री डाउनलोड गरी अफलाइनमा समेत प्रयोग गर्न सक्नेछन् ।

भिडियो, क्विज, असाइनमेन्ट, आर्टिकल, गेम अफलाइनमा मोडमा डाउनलोड गरेर राख्न सकिने निमा एकेडेमीकी चिफ अपरेटिङ अफिसर नेहा जोशीले बताइन् । डाउनलोड गर्न भने इन्टरनेट उपलब्ध भएको हुनुपर्छ । त्यसपछि बिना इन्टनरेट नै कन्टेन्ट हेर्न, पढ्न र सुन्न सकिन्छ ।

कन्टेन्ट डाउनलोड गर्दा यसले मोबाइलको स्पेस लिदैन्, एपको मात्रै स्पेस लिन्छ । निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्ऽबाट मान्यता प्राप्त कक्षा कक्षा १ देखि १० सम्मका कोर्ष राखिएको छ ।

निमा एकेडेमी मोबाइल एप र वेबसाइटबाट प्रयोग गर्न सकिन्छ । तर अफलाइन सुविधा भने एपबाट मात्रै लिन सकिन्छ । निमा एकेडेमीको मोबाइल गूगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको छ ।

विद्यार्थीहरुको चाहना अनुसार पनि थप नयाँ नयाँ कोर्ष थप्दै जाने योजना रहेको नेहाले बताइन् । हाल निमामा १५० भन्दा धेरै विद्यालय जोडिएका छन् । शुरुवाती दिनमा जस्तो बुझाउन अहिले अप्ठेरो पनि छैन । लकडाउनपछि अझ धेरै आकर्षण बढेको छ ।
भिडियो सामग्री हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

Advertisment