+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

तीन करोड लगानीमा ‘हाइपर मार्केट’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते १८:५५

९ साउन, बुटवल । ‘आफैं मालिक, आफैं ग्राहक र आफैं उपभोक्ता’ नाराका साथ बुटवलमा तीन करोड लगानीमा नमस्ते हाइपर मार्केट सञ्चालनमा आएको छ ।

एक सय ५० जना व्यवसायिक कृषक र दुई सय बढी अन्य व्यवसायमा आवद्ध लगानीकर्ताले बुटवल योगिकुटीमा हाइपर मार्केट सञ्चालनमा ल्याएका हुन् ।

करिब ४ कठ्ठा क्षेत्रफलमा सञ्चालनमा आएको हाइपर मार्केटमा दैनिक उपभोग्य वस्तुसहित शेयर सदस्य किसानले उत्पादन गरेका हरियो तरकारी, खसी–बोका, स्थानीय जातको कुखुरा, कालिज लगायतका मासुजन्य उत्पादन विक्रि गरिने हाइपर मार्केटका अध्यक्ष सन्तोष पौडेलले बताए ।

किसानका उत्पादन खरिद गरी बजारको सुनिश्चितता गरी उत्पादन र स्वरोजगारी बृद्धि गर्ने एवं किसानलाई आवश्यक दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने हाइपर मार्केटको प्रमुख उद्देश्य रहेको पौडेलले बताए ।

आगामी तीन वर्षमा शेयर निष्कासन गर्ने, ५ वर्षभित्र १० हजार किसानलाई सदस्य बनाउने र सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको हाइपर मार्केटका कार्यकारी प्रमुख खड्ग थापाले बताए । ‘हाम्रो उद्देश्य कृषिजन्य उत्पादन स्वदेशमै वृद्धि गरी आयात प्रतिस्थापन गर्ने र उत्पादनको बजार सुनिश्चित गरी युवालाई कृषि व्यवसायमा ढुक्क भएर लगानी गर्न उत्प्रेरित गर्नु हो’ थापाले भने, ‘किसानलाई मल, बीऊ, प्रविधि, तालिममा पनि हामीले सहजीकरण गर्छौं ।’

हाइपर मार्केटका शेयर सदस्यमध्ये कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको शेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको सञ्चालक कुलबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?