Comments Add Comment

कस्तो खानपानले बच्चा सुस्त र कमजोर हुन्छन् ?

आफ्ना बालबच्चाको स्वास्थ्यप्रति आमाबुवालाई स्वभाविक चिन्ता र चासो हुन्छ । बच्चाहरु बलिया, तगडा, निरोगी, तन्दुरुस्त, फुर्तिलो होस् भन्ने अपेक्षा राखिन्छ । यस अनुरुप बच्चाको खानपानमा विशेष ख्याल गरिन्छ ।

बच्चाले पर्याप्त खाना खाइदिएमा आमाबुवा ढुक्क हुन्छन् । यसैले उनीहरु बच्चालाई भएभरका खानेकुरा ख्वाउने प्रयास गरिरहेका हुन्छन् । जाउलो, सागसब्जी, झोलिलो पदार्थ, फलफूल ख्वाउनका लागि जोड गरिन्छ, जुन स्वास्थ्यका लागि अपरिहार्य र राम्रो पनि हो ।

यद्यपि धेरै खायो भने तीतो हुन्छ भनेजस्तै अभिभावकहरु बच्चालाई आवश्यक्ताभन्दा धेरै खानेकुरा खान बाध्य बनाइरहेका हुन्छन् । भरपेट खाएपछि स्वस्थ हुन्छ भन्ने लागेर अभिभावकले बच्चालाई फकाएर, थर्काएर, लोभ देखाएर जसरी हुन्छ, धेरै भन्दा धेरै खान लगाइरहेको हुन्छ ।

बच्चालाई किन खानामा अरुची भयो ? पेट भरिएर पो हो कि ? कुनै विरामले पो हो कि ? त्यसबारे भन्ने बुझ्ने प्रयास गरिदैन । बरु बच्चालाई सकेसम्म धेरै खानेकुरा कोच्ने गरिन्छ । यसले बच्चा स्वस्थ वा निरोगी हुने होइन, बरु उनीहरु मोटोपनको शिकार बन्दैछन् । मोटोपनकै कारण उनीहरुलाई सानै उमेरमा मधुमेह जस्ता समस्याले गाँजिरहेको छ ।

बच्चालाई रुची नभए पनि प्लेटमा बचेका खाना सबै एकएक गरेर खानको लागि जोड गरिन्छ । आवश्यक भन्दा धेरै खाना खाएपछि ती खानाबाट पाइने क्यालोरी शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । जसले बच्चा मोटोपनाको शिकार हुन्छन् । यसैले बच्चालाई सँधै त्यति मात्रै खाना खुवाउनुहोस् जति उनीहरुले मन गरेर खान्छन वा उनीहरुको शरीरलाई आवश्यक पर्छ ।

पोषण मिल्दैन

वास्तवमा खाना खानको लागि पनि शरीरको आफ्नै विज्ञान छ ।

खानालाई राम्रोसँग पचाउन र त्यसबाट धेरै भन्दा धेरै पोषण प्राप्त गर्नको लागि खाएका खाना पुरै मन लगाएर र खुशीसाथ खानु जरुरी छ । यस्तोमा जब बच्चालाई जबजस्ती खाना खुवाइन्छ तब उनीहरुको शरीरलाई न त उक्त खानाबाट पोषण मिल्छ र न त खाना पुरै तरिकाले पच्न पाउँछ ।

खाना पचाउनको लागि जुन रसायनहरुको आवश्यकता छ त्यो पूर्ण रुपमा मनलगाएर र रस लिएर खाइएको खानाबाट नै बन्छ ।

कमजोर र सुस्त हुन्छन्

आवश्यकता भन्दा धेरै खाना खुवाउनाले शरीरमा एक किसिमको न्यूरोबायोलोजिकल असन्तुलन हुन्छ । एक पटक यसको स्तर शरीरमा घटेमा बच्चालाई कमजोरी महसुस हुन्छ र उनीहरु दिनभर थाकेको जस्तो देखिन्छन् ।

यस्तोमा जब बच्चा मोटोपनाको शिकार हुन्छन् तब शरीरमा इनर्जी बढाइराख्नको लागि उनीहरुले सँधै केही न केही खाइराख्नुपर्ने हुन्छ । हुन त बारम्बार खाना खानुपर्ने मानिस आफ्नो यो बानीबाट ग्लानी महसुस गर्छन् । तर, अवस्था नै यस्तो बन्छ कि उनीहरु चाहेर पनि केही गर्न सक्दैनन् ।

रोगको जोखिम

आवश्यकता भन्दा धेरै खाना खुवाउनाले बच्चाको शरीरमा कोलेस्टेरोलको स्तर बढ्छ । जसले मुटु र मस्तिस्क दुवैलाई प्रभावित बनाउँछ । कोलेस्टेरोलको स्तर बढ्नाले मुटुको कैयौं गम्भिर रोगहरु जस्तो हर्ट अट्याक, स्ट्रोक आदीको खतरा बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment