Comments Add Comment

काभ्रेको मण्डनदेउपुरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

१० साउन, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन शुरु गरेको छ । नगरपाालिकाले गत आइतबारदेखि भौतिक कक्षा सञ्चालन शुरु गरेको जनाएको छ ।

नगरपालिकाभित्र ४४ सामुदायीक, ७ संस्थागत गरी ५१ विद्यालय रहेको नगरपालिाका शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले बताए । विद्यार्थीहरु अनलाईनको पहुँचमा नभएकोले गत वर्ष नगरपालिकाले रेडियोबाट पठनपाठन गरेको थियो । रेडियोबाट पनि प्रभावकारी नभएकोले भौतिक रुपमा कक्षा सञ्चालन शुरु गरेको शाखा प्रमुख बिष्टले बताए ।

सिकाइ केन्द्र तोकेर गर्नको लागि अध्यापन गराउनको लागि भौतिक पूर्वाधार नभएको र खुला स्थानमा पानी परिरहने भएकोले सम्भव नभएपछि विद्यालयमा नै आलोपालो प्रणालीबाट शुरु गरेको बताउँछन प्रमुख विष्ट । ‘हामीले वैकल्पिक विधि रेडियोबाट प्रयास गर्‍यौ, प्रभावकारी भएन । सिकाई केन्द्रको लागि भौतिक पूर्वाधार छैन ।’ उनी भन्छन् ‘खुला स्थानमा यो वर्षातको समय भएकोले सम्भव हुने भएन । त्यसैले विद्यालयमा नै शुरु गरेका हौं ।’

नगरपालिकाका सबै शिक्षकले खोप लगाईसकेको हुनाले र विद्यार्थीको पढाई बिग्रन थालेकाले भौतिक उपस्थितिमा शुरु गरेको विष्टले बताए । १ कक्षादेखि ३ कक्षासम्मले एक समय, ४ र ५ कक्षालाई अर्को समय, ६, ७, ८लाई अर्को समय, ९ र १०, ११ र १२ लाई भिन्ना भिन्नै समयमा विद्यालय बोलाई पढाउने, गृहकार्य दिने, गृहकार्य जाँच गर्ने भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बिहान, दिउँसो र साँझ गरेर आलोपालो प्रणालीबाट विद्यालय सञ्चालन थालेको छ । भौतिक दूरी, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरेर विद्यालय सञ्चालन भइरहेको नगरपालिकाको दाबी छ ।

विद्यार्थीमा अथवा अभिभावकमा शंकास्पद लक्षण देखिए विद्यालय बन्द गर्ने तयारी रहेको शाखा प्रमुख विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment