+
+

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १३:४२

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ ।

जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले बताए ।

कार्यालयबाट कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख भुसालले बताए ।

जिल्लामा ०७७ र ०७८ मा कोरोना माहामारीका विच पनि कर दाता सेवा कार्यालय गुल्मीले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । जिल्लामा गतवर्ष मात्रै करदाता सेवा कार्यालय स्थापना भएको थियो ।

करदाता सेवा कार्यालयले बजार अनुगमन, वक्यौता असुली, सूचना प्रवाह जस्ता काम गरेको हुदाँ अनुमान भन्दा २ करोड बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । कर बुझाउदा घरमै बसेर मोबाइल बैककिङ्ग सेवा मार्फत कर बुझाउन सकिने भएको छ ।

२० लाख भन्दा कम कर बुझाउने करदाताले मात्र मोबाइल बैककिङ्ग सेवा मार्फत कर बुझाउन सकिने कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण २० लाख भन्दा तलकोकारोबार गर्नेहरुका लागि ९० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

त्यस्तै ५० लाख तल कारोबार गर्नेहरु र १ करोड भन्दा तलको कारोबार गर्नेहरुका लागि छुटको व्यवस्था रहेको कार्यालय प्रमुख भुसालले बताए । बिवरण बुझाएर छुटको फाइदा लिन कार्यालयले आग्रह गरेको छ ।

त्यस्तै साउन मसान्तसम्म अन्त शुल्क रकम मात्रै बुझाएर नबिकरण गरेका सम्पूर्ण लाग्ने जरिमाना छुट हुने कार्यालय प्रमुख भुसालको भनाई छ । कर तिर्नको लागि पहिला पाल्पा जानु पर्ने बाध्यता अत्य भएसंगै घरमै बसेर कर तिर्न पाउदा नागरिकहरुलाई सहज हुने भएको स्थानीयको भनाई छ ।

गुल्मीमा कर कार्यालय नहुँदा बेला बेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो । यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले कार्यालय खुलेसँगै करको दायरा बढनुका साथै ब्यवसायीलाई पनि सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?