Comments Add Comment

धनुषामा पिकअप गाडी खोलामा खस्दा चालकको मृत्यु, ५ जना घाइते

१५ साउन, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पुल बनाउनका निम्ति बनाइएको डाइभर्सनतिर नमोडिई खोलामा खस्दा पिकअप चालक महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरधामममा उपचारका क्रममा मृत्यु भएको सुनारले बताए ।

उक्त दुर्घटनामा दीपकका ३८ वर्षीया श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीया श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा आइरहेको पिकअप नदीमा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment