
११ भदौ, काठमाडौं । प्रतिकुल मौसमको प्रभाव हवाई उडानमा परेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट हुने उडान गन्तव्य विमानस्थलहरुको प्रतिकुल मौससका कारण प्रभावित बन्न पुगेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मौसमका कारण जहाज अवतरण हुन नसकेपछि काठमाडौंबाट पोखरा पुगेका जहाज पुनः काठमाडौं नै डाइभर्ट गरिएको छ । अहिले पोखरा विमानस्थल मौसम खराबीका कारण बन्द भएको छ । शुक्रबार बिहान भद्रपुर र विराटनगर विमानस्थलको उडान समेत प्रभावित थियो । ती रुटमा उडान अहिले सूचारु भएको छ ।
लुम्बिनी प्रदेशका धेरै स्थान डुबानमा परेका छन् । तर काठमाडौंबाट भैरहवामा भइरहेको उडान भने प्रभावित बनेको छैन । चितवनमा समेत शुक्रबार केही बेर उडान प्रभावित भएको थियो । पश्चिम नेपालतर्फ भने उडानहरु नियमित भइरहेको बताइएको छ । बिहानका उडानहरु डिले भएका कारणले यसले विमानस्थलमा यात्रुको चाप भने बढाएको छ ।
प्रतिक्रिया 4