१३ भदौ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका-२ गुलरियाका ५० वर्षीय रामपुकार पटेल
रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई चेक जाँच गर्दा उनीहहरुको साथबाट श्रोत नखुलेको १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ बराम गरेको छ ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4