
१३ भदौ, गुल्मी । गाई चराउने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4