
१३ भदौ,काठमाडौं । प्रहरीले जिवजन्तु ओखेटोपहार सहित एकजनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरि न.पा वड नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा विरगंजबाट काठमाण्डौव तर्फ आउँदै गरेको ना ५ ख ५८६४ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी मोहनबहादुर खाँणका अनुसार जिल्ला गोरखा पालुङटार न.पा वडा नं. ५ घर हुने वर्ष ६५ को सोनाम तामाङलाई पक्राउ गरिएको बताए ।
डिएसपी खाँणका अनुसार सोनाम तामाङले लुकाई छिपाई लिई आएको जिवजन्तु ओखेटोपहार संग सम्बन्धित हुचिलको खुट्टा थान २, हुचिलको पञ्जा जस्तो देखिने थान २, एकिन हुन नसकेको हड्डी थान २ , एकिन हुन नसकेको जनावरको सुकुटी (मासु) ४०० ग्राम र नगद रु ४० हजार समेत बरामद भएको छ ।
साथै झोलाबाट शंख थान ३, सेतो टल्कने ढुङ्गा थान १ फेला परेकोमा उक्त शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागी पुरातात्व विभाग रामसाहपथ पठाईएको छ ।
थानकोट वृत्तले मानिससहित आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ।
प्रतिक्रिया 4