
प्रतीकात्मक तस्वीर
१७ साउन, साउन । खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो ।
सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4