+
+

इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै अनु मलिकको ट्रोल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १४:५७

जापानको राजधानी टोकियोमा ओलम्पिक खेल चलिरहेको छ । विश्वको ध्यान तानेको ओलम्पिकले भारतीयहरुको ध्यान पनि तानिरहेको छ । तर, इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत बजाइएको थियो । यो गीत बज्दै गर्दा भारतीयहरुले भने बलिउडका सफल संगीतकार अनु मलिकलाई संझिए ।

इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजिरहँदा अधिकांश भारतीयहरुले अनु मलिकले संगीत भरेको चलचित्र ‘दिलजले’को ‘मेरा मुल्क मेरा देश मेरे ये वतन’ गीत संझिए । यसपछि, ट्विटरमा अनु मलिकले इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै ट्रोल भैरहेको छ । अजय देवगणको मुख्य भूमिका रहेको यो चलचित्र सन् १९९६ मा रिलिज भएको थियो ।

उसो त अनु मलिकलाई चोरीको आरोप लागेको पहिलो पटक होइन । यसअघि उनले संगीत भरेका ‘राजाको रानी से प्यार हो गया, मेरा पिया घर आया, ये काली काली आँखे, तारे हे बाराती चाँदनी, हारे हारे हारे’ बोलको गीतलाई पनि चोरीको आरोप लागेको थियो ।

उसो त, ‘हातिकवाह’ बोलको गीतको धुन पनि ओरिजिनल भने होइन । यसको संगीत १६ औं शताब्दीको एक इटालियन गीत ‘ला मन्टोवना’बाट प्रभावित छ । ‘ला मन्टोवना’को धुनलाई पोल्यान्ड, स्पेन र युक्रेनमा फरक फरक तरिकाले प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?