+
+

माधव समूहको केन्द्रीय कमिटी बैठक बिहीबार, ओलीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते २२:४८

२० साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी बैठक बिहीबार बोलाइएको छ । बुधबार नै बस्ने भनिए पनि केन्द्रीय सदस्यहरु राजधानी उपत्यका रहेकाले बिहीबार बैठक बस्दैछ ।

बैठक बिहीबार बिहान ११ बजे क्वालिटी ब्यांक्वेट बुद्धनगरमा बोलाइएको छ । संसद् पुनर्स्थापना भएपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव सुन्ने र शीर्ष नेताहरुले राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्य तालिका छ ।

यो बैठकप्रति अध्यक्ष केपी शर्मा ओलीले ध्यानाकर्षण भएको जनाएका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै बैठक राखिएकोमा आपत्ति जनाएका हुन् । पार्टी विधान, संविधान र प्रचलित ऐन विपरीत गतिविधि गरिएकोमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?