+
+

गोंगबुबाट पेस्तोल र खुकुरीसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १०:०६

२१ साउन, काठमाडौं । काठमाडौंको गोंगबुबाट एक थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङका २४ वषर्ीय विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर छन् ।

बुधबार साँझ महाराजगञ्ज वृत्तको प्रहरी टोलीले गोंगबु बिजी मल अगाडि चेकप्वाइन्ट राखी जाँच गर्ने क्रममा उनीहरु स्कुटर छाडेर भागेका थिए । बीजी मलको पछाडि विरेन्द्र ऐश्वर्य मार्गस्थित आरके रेष्टुरेन्टमा प्रवेश गरी लुक्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

किन भागेको भनेर सोधपुछ गर्दै उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा विकेश भनिने विपिन मगरले बोकेको झोलामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

एक थान पेस्तोलसँगै एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र थोरै मात्रामा गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?