+
+
Shares

भारतीय नागरिकबाट सुन बरामद प्रकरण : थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १३:३६

२१ साउन, काठमाडौं । सिनामंगलबाट एक किलो ८ सय ६६ ग्राम सुन बरामद प्रकरणमा थप एक जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काँडाघारीबाट रोकश राईलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका नागरिकले ल्याउने सुनलाई राईले विमानस्थलमा संकलन गरेर भारतीय नागरिकसम्म पुर्‍याउने गरेका थिए । बुधबार प्रहरीले सिनामंगलको सिरहा मल्हनिया होटलबाट सुनसहित भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मदलाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानको आधारमा राई पक्राउ परेका हुन् । वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको उनले बताए ।

राईलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइने कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?