+
+
Shares
म्याद सकिएको बटर बिक्री प्रकरण :

डीडीसीका महाप्रबन्धक पौडेललाई कारवाही माग गर्दै प्रशासनमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १९:२५

२१ साउन,काठमाडौं । म्याद सकिएको बटर बिक्री प्रकरणमा संलग्न डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ ।

म्याद सकिएको बटरलाई घिउ बनाएर उपभोक्तलाई बिक्री गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले महाप्रबन्धक पौडेलसहितका संलग्न अधिकारीलाई कारबाहीको गर्न माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन रहेकै बेला डिडिसीले उपभोक्तालाई गुणस्तरहिन बटरबाट बनेको घिउ बिक्री गर्नु उपभोक्ताविरुद्धको गम्भीर अपराध भएको मञ्चले निवेदनमा उल्लेख गरेको छ ।

‘जिल्ला प्रशासनमा बिचाराधीन मुद्दालाई प्रभावित बनाउने र उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पुग्ने कार्यमा संलग्न डीडीसीका महाप्रबन्धकसहितका संलग्नलाई कानुन बमोजिम झिकाई हदैसम्मको कारबाही गर्न अनुरोध गरिन्छ,’ मञ्चले दर्ता गराएको निवेदनमा उल्लेख छ ।

२०७७ साल असोज २७ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य भनि बिक्री गर्न रोक लगाएको एक लाख ९४ हजार किलो बटर दूग्ध विकास संस्थानले घिउ बनाएर बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?