Comments Add Comment

कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदै कार्यदल संयोजक पूर्णबहादुर खड्का । फोटो : प्रधानमन्त्रीको सचिवालय

२२ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ ।

यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने पनि न्यूनतम साझा कार्यक्रममा जनाइएको छ ।

राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने पनि रहेको कार्यदलका एक सदस्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment