+
+
Shares

न्यूनतम साझा कार्यक्रम टुंगो लाग्यो, अब मन्त्रिपरिषद् विस्तार हुन्छ : निधी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १२:२२

२२ साउन, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले न्यूनतम साझा कार्यक्रम टुंगो लागेकाले अब मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको जानकारी पनि दिए ।

शुक्रबार जनकपुर बिमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निधीले भने, ‘न्यूनतम साझा कार्यक्रम टुंगो लागेको भनेर सुनेको छु, अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

सरकारमा माधव नेपाल समूहलाई पनि सहभागी गराउने भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको बताए । ‘त्यसका लागि छलफल भइरहेको छ,’ उनले भने ।

उपसभापति निधीले १४ औं महाधिवेसन भदौमै हुने बताए । क्रियाशील सदस्यतामा टुंगो लाग्नेबित्तिकै महाधिवेसन हुने भन्दै उनले महाधिवेशनलाई सारेर तदर्थ समिति बनाउनु ठीक नहुने बताए ।

१४ औं महाधिवेशनमा पार्टीको सभापतिमा उम्मेदवारी दिने उनले दोहोर्याए । ‘महाधिवेशन १४ दिनमा होस् या १४ महिनामा म पार्टीको सभापतिका लागि उम्मेदवार रहिरहनेछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?