+
+
Shares

हात्तीको दाँतसहित बाँकेबाट तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १३:४५

२२ साउन, बाँके । प्रहरीले हात्तीको दाँतसहित तीनजनालाई पक्राउ परेको छ ।

बैजनाथ गाउँपालिका-६ का सम्झना चोकबाट हात्तीको  २ वटा दाँतसहित तीनजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ का ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।

उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त दाह्रा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?