Comments Add Comment

पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय समिति बैठक सुरु भएको हो ।

पार्टी महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएपछि पौडेल समूह आन्तरिक छलफलमा जुटेको हो । पार्टी नेतृत्वको असफलताका कारण महाधिवेशन हुन नसकेको वरिष्ठ नेता पौडेलको आरोप छ ।

सोमबार बिहान जिल्ला सभापति भेला गरेको पौडेल समूह अहिले आफूनिकट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यसँग पार्टी महाधिवेशनका बारेमा छलफलमा जुटेको हो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादवलगायत सहभागी छन् ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको हो । भदौ १६–१९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका प्रभावित भइसकेको छ । तर कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छैन । महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक भदौ २८ गते बोलाइएको छ ।

नेता पौडेलले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्, तर उनको प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment