Comments Add Comment
मन्त्रिपरिषदको निर्णय :

कृषि सचिवमा शर्मा, परराष्ट्रका ३ उपसचिवको बढुवा

२५ साउन, काठमाडौं । सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शर्मालाई बढुवा गर्न बढुवा समितिले साउन २४ गते मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ देखि नयाँ तलबमान स्वीकृत पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment