+
+

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते ११:४५

२७ साउन,काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजाबी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ तोकेको छ ।

मंगलबार १  हजार २०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बुधबार चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?