
२८ साउन, काठमाडौं । नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।
उनले भनिन्, ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल-टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस भन्ने माग गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4