+

रियल मड्रिडको विजयी सुरुवात

२०७८ साउन  ३१ गते ९:१४ २०७८ साउन ३१ गते ९:१४
रियल मड्रिडको विजयी सुरुवात

३१ साउन, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा अलाभेजलाई ४-१ ले पराजित गर्दै रियलले सुरुवाती तीन अंक जोडेको हो ।

अलाभेजको मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ५ गोल भएको थियो । रियलका लागि करिम बेन्जामाले ४८औं र ६२औं मिनेटमा गोल गरे भने नाचो फर्नान्डेजले ५६औं र भिनिसियस जुनियरले इन्जुरी टाइममा गोल गरे ।

अलाभेजका लागि जोसेलुले ६५औं मिनेटमा पेनाल्टीमा गोल फर्काएका थिए ।

यस्तै लेभान्टे र काडिज तथा मालोर्का र रियल बेटिसले समान १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

ला लिगामा साविक विजेता एट्लेटिको मड्रिडले आज राति सेल्टा भिगोसँग र बार्सिलोनाले रियल सोसिडाडसँग खेल्नेछ ।

रियल मड्रिड स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय