Comments Add Comment

रेफ्री डिरेक्टरमा भारतीय गौतम कर नियुक्त

३१ साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतका गौतम करलाई रेफ्री डिरेक्टर नियुक्त गरेको छ । नवनियुक्त गौतम आइतबार नेपाल आइपुगेका छन् । उनलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा कम्प्लेक्समा  स्वागत गरे ।

रेफ्री क्षेत्रमा अनुभवी र पूर्व फिफा रेफ्रीसमेत रहेका गौतमलाई एक वर्षको लागि नियुक्त गरिएको एन्फाले जनाएको छ । एन्फाले खुल्ला प्रतिस्पर्धाबाट गौतमलाई नियुक्त गरेको हो । एन्फाले गत साउन १ गते रेफ्री डिरेक्टर पदका लागि दरखास्त आह्वान गरेको थियो ।

गौतमले सबै लेभलका रेफ्रीको विकासमा काम गर्ने र म्याच कमिसनरहरुलाई पनि प्रशिक्षण दिने एन्फाले जनाएको छ ।

पूर्व फिफा रेफ्री गौतमसंग रेफ्रीको क्षेत्रमा ४० वर्षको अनुभव रहेको पनि एन्फाले जनाएको छ । सन् १९९७ मा रेफ्रीबाट सन्यास लिएका उनले रेफ्री इन्स्ट्रक्टरको भूमिकामा काम गर्दै आइरहेका छन् ।

उनले भारत र भुटानमा गरेर ९ वर्ष रेफ्री डिरेक्टरको काम गरिसकेका छन् । उनलाई भारतमा व्यवसायिक रेफ्री कार्यक्रमा सुरुवात गर्ने श्रेय समेत जान्छ ।

यस्तै गौतमसंग म्याच अपरेसनको पनि अनुभव छ । साथै उनी अनुभवी म्याच कमिसनर समेत रहेको एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment