+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

सोलुखुम्बुका बासिन्दालाई साहज उर्जाको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते ९:४६

३२ साउन, काठमाडौं । साहज उर्जा कम्पनीले सोलुखुम्बुका स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीले २९ गतेदेखि आयोजना प्रभावितहरुका लागि आईपीओ खुला गरेको हो ।

स्थानीय वासिन्दाहरुले छिटोमा भदौं ५ गतेसम्म र ढिलोमा २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना स्थल सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो जारी पुँजी तीन अर्व पचास करोड रुपैया मध्ये ३० प्रतिशत अर्थात एक अर्व पाँच करोड रुपैया रकम बराबरको सेय जारी गर्दैछ ।

१० प्रतिशत अर्थात ३५ करोड रुपैंया रकम बराबरको ३५ लाख कित्ता शेयर सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाको लागि जारी गर्न लागेको हो ।

बाँकी रहेको २० प्रतिशत अर्थात ७० करोड रुपैंया बराबरको एक सय अंकित दरको ७० लाख कित्ता, (कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता समेत) सर्वसाधारणहरुमा निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाहरुले ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा, सोलुखुम्बु, नेपाल इन्भेष्टमेण्ट बैंक, लुक्ला शाखा, सोलुखुम्बु, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा, सोलुखुम्बु, माछापुच्छे« बैंक, सल्लेरी शाखा, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखामा गएर आवेदन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?