+

डेब्युमै लामेलाको दुई गोल

२०७८ साउन  ३२ गते ११:४९ २०७८ साउन ३२ गते ११:४९
डेब्युमै लामेलाको दुई गोल

३२ साउन, काठमाडौं । एरिक लामेलाले स्पानिस ला लिगामा डेब्यु खेलमै दुई गोल गरेपछि सेभियाले वियजी सुरुआत गरेको छ ।

आयतबार राति भएको खेलमा सेभियाले १० खेलाडीमा समेटिएको रायो भालेकानोलाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदान रामोन सान्चेज पिज्वनमा भएको खेलमा लामेलाले दोस्रो हाफमा दुई गोल गरे । युसु एल नेसयरीले एक गोल गरे ।

खेलको १६औं मिनेटमा सेभियाका ओसामा इड्रिसीलाई फाउल गरेपछि लुका जिदानले रातो कार्ड पाएपछि रायो दश खेलाडीमा समेटियो ।

त्यसैमा सेभियाले पेनाल्टीको अवसर पाएको थियो । जसमा एन नेसयरीले सहजै गोल गरे ।

दोस्रो हाफमा लामेलाले दुई गोल थपे । उनले ५५औं र ७९औं मिनेटमा गोल गरेपछि सेभियाले सहज जित हात पारेको हो ।

लामेला यसै सिजन इंग्लिस क्लब टोटनहम हट्सपरबाट सेभिया आएका हुन् ।

एरिक लामेला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय