+
+

प्रधानमन्त्रीले सुरु गरे ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते ११:१३
Photo Credit : प्रधानमन्त्रीको सचिवालय

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर अभियान शुभारम्भ गरिएको हो ।

विष्णुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा कपुर, समी, क्यालेण्ड्रा, टिकोमा, करविर र बगमवेली बिरुवा रोपिएको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

निजामती सेवा दिवसकै सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्न आग्रह गरेको छ ।

निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ । निजामती सेवा दिवसको आगामी पाँच वर्ष (२०७८–२०८२) को नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?