+
+

विवेकशील साझामा पाण्डे पक्षको बैठक सकियो, भोलि फेरि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:३६

१७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले अध्यक्ष रवीन्द्र मिश्र पक्षले रोकेको विधानलाई अघि बढाउने विषयमा छलफल भएको छ । तर निर्णय भएन ।

न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया चाहिँ शुरु गरिएको छ । त्यसका लागि कार्यविधि बनाउन सचिवालय सदस्य आशुतोष तिवारीको नेतृत्वमा कार्यदल बनाउने भनिएको छ ।

पाण्डे पक्षको बिहीबारको बैठकमा ४१ जना केन्द्रीय सदस्य सहभागी थिए । अध्यक्ष रवीन्द्र मिश्र पक्षले एकतर्फी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएपछि पाण्डे पक्षले पनि बिहीबारका लागि बैठक बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?