+
+

ट्वीटरले सुरु गर्‍यो सुपर फलोज फिचर, हरेक फलोअरबाट १० डलर कमाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १६:४३

१८ भदौ, काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले केही महिनादेखि सुपर फलोज (Super Fallows) फिचरको परीक्षण गरिरहेको थियो । अब चाहि ट्वीटरले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

ट्वीटरको सुपर फलोज फिचरको माध्यमबाट ट्वीटरका सर्जक प्रयोगकर्ताले रकम आर्जन गर्न सक्नेछन् । सुपर फलोज ट्वीटरको मोनिटाइजेशनको हिस्सा नै हो ।

हालका लागि क्यानडा र अमेरिकी प्रयोगकर्ताका लागि सुपर फलोज फिचरको अपडेट उपलब्ध गराएको हो र छिटै नै विश्वका अन्य प्रयोगकर्तालाई पनि यो फिचर उपलब्ध गराइने बताइएको छ ।

के हो सुपर फलोज फिचर ?

सुपर फलोजलाई सबैभन्दा पहिले आइओएस प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । त्यसपछि एन्ड्रोइड प्रयोगकर्ताले यो फिचर प्राप्त गर्नेछन् ।

ट्वीटरले यो वर्षको सुरुवातमै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२० मा कम्पनीले ३ अर्ब ७० करोड डलर आम्दानी गरेको थियो । सन् २०२३ सम्ममा यो साढे ७ अर्ब डलर हुने अनुमान गरिएको छ ।

वास्तवमा सुपर फलोज कम्पनीको आम्दानीको एक हिस्सा हो ।

सुपर फलोजको माध्यमबाट ट्वीटर प्रयोगकर्ताले आफ्ना फलोअर्सबाट हरेक महिना २.९९ डलर, ४.९९ डलर देखि ९.९९ डलर सम्म शुल्क लिन सक्दछन् । यसको बदलामा फलोअर्सले विशेष सामाग्री, न्यूजलेटर, behind the scene आदि सामाग्रीहरु प्राप्त गर्नेछन् । यो फिचर प्राप्त गर्नका लागि ट्वीटर प्रयोगकर्तासँग कम्तिमा १० हजार फलोअर्स हुनु आवश्यक छ ।

ट्वीटरका अनुसार सुपर फलोज सब्सक्रिप्सन मोडलको उद्धेश्य ट्वीटर प्रयोगकर्तालाई आम्दानीको मौका दिनु हो । यदि कुनैपनि सेलिब्रेटी वा प्रकाशनसँग लाखौँ करोडौँ फलोअर्स छन् भने उनीहरु आफ्ना फलोअर्सबाट विशेष र एक्सक्लूसिभ सामाग्रीका लागि हरेक महिना केही शुल्क लिन सक्दछन् ।

ट्वीटरले हालै आफ्नो डिजाइनमा विभिन्न खालका परिवर्तन गरेको छ । ट्वीटरको मोबाइल एप तथा वेब दुबै भर्सनमा परिवर्तन गरिएको हो । नयाँ डिजाइनमा एक नयाँ फन्ट पनि जोडिएको छ जसको नाम Chirp हो । यो फन्टलाई गत जनवरीमा जोडिएको हो जुन अमेरिकन Gothic र युरोपेली Grotesque स्टाइलको सम्मिश्रण हो ।

ट्वीटरको नयाँ इन्टरफेसमा प्रयोगकर्ताले विभिन्न रङमा पनि परिवर्तन देख्न सक्नेछन् । नयाँ डिजाइनमा प्रयोगकर्ताले धेरै कन्ट्रास्ट र कम निलो रङ देख्नेछन् ।
त्यसको धेरै फाइदा प्लाटफर्ममा शेयर गरिने फोटो तथा भिडियोमा देखिनेछ । साथै ट्वीटरमा केही नयाँ बटन पनि थपिएको छ । त्यो परिवर्तन फलो बटनमा पनि देखिनेछ । फलो बटन अब कालो रङको भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?