
१७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ २० गतेदेखि हुने परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरेको छ । त्रिवि शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण कार्यलयले शुक्रबार सूचना प्रकाशित गरी परीक्षा केन्द्र परिवर्तन गरिएको जानकारी दिएको हो ।
त्रिविले यही भदौ २० गतेदेखि सञ्चालन हुने एमएड तेस्रो सेमेस्टरको परीक्षा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका परीक्षार्थीहरुका लागि महेन्द्ररत्न क्याम्पस ताहाचल परीक्षा केन्द्र तोकिएकोका परीक्षा केन्द्र परिवर्तन गरेको जनाएको छ ।
महेन्द्ररत्न क्याम्पस, ताहाचाल परीक्षाकेन्द्रमा विशेष कारणवश परीक्षा सञ्चालन गर्न नसकिने भएकाले महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षाकेन्द्र परेका काठमाडौं शिक्षा क्याम्पस सतुंगल, ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटार, रेन्बो इन्टरनेशनल कलेज डल्लु, जीपी कोइराला स्मृति कलेज चाबहिल, महेन्द्ररत्न क्याम्पस ताहाचल, जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरको परीक्षा केन्द्र जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरमा परीक्षाकेन्द्र तोकिएको जनाएको छ ।
प्रतिक्रिया 4