+
+

अष्ट्रेलियाका अन्य राज्यमा प्रतिबन्ध, तास्मानियामा भव्य तीज

प्रतीक सिग्देल प्रतीक सिग्देल
२०७८ भदौ २० गते १२:४७

२० भदौ, तास्मानिया । कोभिड १९ का कारण अष्ट्रेलियाको न्यू साउथ वेल्सलगायत प्रायः सबै राज्यहरूमा कडा प्रतिबन्ध छ । अत्यावश्यक कामबाहेक त्यहाँका बासिन्दालाई घरबाहिर निस्कनसमेत बन्देज छ ।

यही प्रतिबन्धका कारण तीज पर्व सुरु हुनुभन्दा एक दुई साताअघिदेखि दरखाने, नाचगान तथा रमाइलो गर्ने नेपाली महिलाहरूले यो वर्ष त्यस खालको अनुभव गर्न पाएनन् ।

तर अष्ट्रेलियाकै एकान्त टापु तास्मानियामा भने नेपालीहरूले हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज दर खाने, नाचगान गर्ने लगायतका कार्यक्रमहरू आयोजना गरेर धुमधामसँग मनाएका छन् ।

अष्ट्रेलियाका अन्य राज्यमा कोरोना संक्रमणले नयाँ-नयाँ रेकर्ड कायम गरे पनि तास्मानियामा भने गतवर्ष मेबाट हालसम्म कुनै संक्रमण देखिएको छैन । यद्यपि, उक्त कार्यक्रमहरूमा स्थानीय सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालना गरिएको थियो ।

तास्मानिया राज्यका सहरहरू होबार्ट, लञ्चेस्टन, डेभनपोर्ट र बर्नीलगायतका शहरहरूमा स्थानीय समुदाय र गैरआवासीय नेपाली संघ अस्टेलिया मिलेर तीज कार्यक्रमको आयोजना गरिएको थियो ।

होबार्टमा तीज : नाफाको रकमले स्यानिटरी प्याड वितरण गरिने

तास्मानिया राज्यको सबैभन्दा ठूलो सहर होबार्टमा यही शनिबार नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले तीजको कार्यक्रम आयोजना गर्‍यो ।

नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष खगेन्द्र सत्यालका अनुसार करिब ३०० नेपाली महिलाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा दर खाने, र्‍याफल चिठ्ठा, डिजेलगायत महिला उद्यमीहरूको स्टल प्रमुख आकर्षणका केन्द्र थिए ।

‘महिलाकै चाड भएका कारण महिलालाई नै प्राथमिकतामा राखेर कार्यक्रममा महिला उद्यमीहरूको स्टल राख्नेदेखि नेपालका दुर्गम जिल्लाका माध्यमिक तहका बालिकाहरूलाई स्यानिटरी प्याड वितरण गर्ने लक्ष्य हो,’ उनले भने ।

सत्यालका अनुसार उक्त कार्यक्रमबाट भएको नाफाको रकम नेपालको सिन्धुपाल्चोक र बाजुरा जिल्लाका विपन्न बालिकाहरूको लागि स्यानिटरी प्याड वितरणमा उपयोग गरिनेछ ।

त्यस्तै तास्मानियाको दोश्रो ठूलो सहर लञ्चेस्टनमा पनि नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले तीजको दरखाने कार्यक्रमको आयोजना गर्यो।

उक्त कार्यक्रममा करिब १०० जनाको नेपाली महिलाहरूको उपस्थिति रहेको नेपाली सोसाइटी अफ नर्दन तास्मानियाका अध्यक्ष प्रशान्त खनालले अनलाइखबरलाई बताए ।

‘कोरोना कारण अन्य राज्यमा प्रतिबन्ध भए पनि आफू बसेको राज्यमा प्रतिबन्ध नभएका कारण आफ्नो मौलिक संस्कृतिकलाई निरन्तरता दिन पाएकोमा एकदमै खुशी लागेको छ,’ उनले भने ।

उनका अनुसार सांस्कृतिक नृत्यलगायत स्थानीय व्यवसायीहरूको स्टल उक्त कार्यक्रमको मुख्य आकर्षणको केन्द्र थियो ।

त्यसैगरी, तास्मानियाका अन्य सहरहरू बर्नी र डेभनपोर्टमा पनि स्थानीय समुदायले तीजको कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ पनि नेपाली महिलाहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको स्थानीय प्रतिनिधिहरूले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?