काठमाडौं । रोमेलु लुकाकु चम्केपछि प्रिमियर लिगमा चेल्सीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ । तेस्रो जितपछि चेल्सीले शीर्ष स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ ।
शनिबार राति घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको भएको खेलमा चेल्सीका लागि लुकाकुले दुई गोल गर्दा माटियो कोभासिचले एक गोल थपे ।
खेलको १५ औं मिनेटमै कोभासिचको पासमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । लुकाकुले स्टानफोर्ड ब्रिजमा पहिलो गोल गरेका हुन् ।
४९ औं मिनेटमा कोभासिचले चेल्सीको अग्रता दोब्बर पारे भने इन्जुरी टाइममा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले सहज जित हात पारेको हो ।
जितपछि अपराजित चेल्सीले ४ खेलबाट १० अंक जोडेको छ र दोस्रो स्थानमा उक्लेको छ । एस्टन भिल्ला ४ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया 4