+
+

अमिताभको शोमा दीपिकाले भनिन्–‘डिप्रेशनका कारण बाँच्न मन लाग्न छोडेको थियो’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १६:०४

नायिका दीपिका पादुकोणले आफूलाई डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाएकी छिन् । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गरिन् ।

उनले, डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको समेत बताइन् । डिप्रेशन भएको कसरी थाहा भयो भनेर अमिताभले सोधेको प्रश्नको दीपिकाले भनिन्–‘मलाई काम गर्न मन लाग्न छाडेको थियो । मलाई कोही पनि मानिसँग भेटघाट गर्न मन लाग्दैनथ्यो । मैले आफू भित्र निक्कै एक्लोपना महशुश गर्थेँ । कहिलेकाही जीवन जिउनुको कारण नै केही छैन जस्तो लाग्थ्यो । यो जिन्दगीबाट मेरो मन सकिएको थियो ।’

दीपिकाले सो समयमा आफू निक्कै रोएको पनि बताइन् । उनले भनिन्–‘जब मेरी आमाले मेरो अवस्थाको बारेमा थाहा पाउनुभयो । यसपछि एकजना डाक्टरसँग भेट्नुपर्छ भनेर उहाँले नै पहल गर्नुभएको हो ।’

डिप्रेशनको बिषयमा खुलेरै कुरा गरेको भन्दै कार्यक्रमका संचालक अमिताभ बच्चनले दीपिकाको प्रशंसा गरेका थिए ।

नायक रणवीर कपुरसँग ब्रेकअप भएपछि दीपिका डिप्रेशनको शिकार बनेकी थिइन् । पछि, नायक रणवीर सिंहसँग भेट भएपछि दीपिका विस्तारै यो रोगबाट बाहिर निस्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?