+
+

जोकोभिचलाई हराएर मेडभेडेभले जिते यूएस ओपनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते ८:३९

२८ भदो, काठमाडौं ।  विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए । मेडभेडेभले जोकोभिचको क्यालेन्डर स्लाम जित्ने सपना टुंग्याइदिए ।

दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि दुई टक ग्रान्डस्लाम फाइनल खेले पनि पराजित भएका थिए ।

यसपटक भने मेडभेडेभले २० पटकका विजेता जोकोभिचलाई ६-४, ६-४, ६-४ ले पराजित गरे ।

जोकोभिचले यसवर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए ।

जाकोभिच यूएस ओपन जित्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेपनि मेडभेडेभसँग हारपछि पूरा हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?