+
+

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १७:३५

२९ भदौ, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-३ कैलालीका ३२ वर्षीया जसमिन झा रहेकी छिन् ।

उनलाई उच्च अदालत पाटनले २०७७ फागुन ११ गते १६ लाख जरिवाना सुनाएको थियो ।

झालाई काठमाडौंको गहना पोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका झालाई फेसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment