+

नवप्रवेशी बोचुमको पोष्टमा बायर्नको ७ गोल

२०७८ असोज  ३ गते ८:४३ २०७८ असोज ३ गते ८:४३
नवप्रवेशी बोचुमको पोष्टमा बायर्नको ७ गोल

३ असोज, काठमाडौं । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा नवप्रवेशी बोचुममाथि शानदार जित सहित अपराजित यात्रा कायम राखेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । जितपछि बायर्न शीर्ष स्थानमा समेत उक्लिएको छ ।

पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ को बराबरीमा रोकिएको बायर्नले त्यसयता लगातार चौथो जित हात पारेको हो ।

बायर्नको जितमा योखुवा किम्मिकले दुई तथा लरेय साने, सर्ज जिनाब्री र रोबर्ट लेवान्डोस्कीले १–१ गोल गरे । बोचुमका भासिलियोसले एक आत्मघाती गोल उपहार दिए ।

बायर्नले पहिलो हाफमा चार तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।

जितपछि बायर्न ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले वल्फ्सवर्गलाई १ अंकले पछि पारेको हो । वल्फ्सवर्ग एक खेल कम खेलेको छ । शतप्रतिशत जित आत्मसाथ गरेको वल्फ्सवर्गको ४ खेलबाट १२ अंक छ ।

बायर्न म्युनिख बुन्डेसलिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय